बर्दियामा फेरि चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । बारबर्दिया नगरपालिका वडा नं. १० अन्तर्गत रहेको फेनापति सामुदायिक वनमा ५० वर्षीय पार्वती डाँगीको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
केही दिनअघि मात्रै बारबर्दिया नगरपालिका–१० कपास फारम बेलघारी निवासी ३१ वर्षीय दिनेश थारुको चितुवाको आक्रमणबाट मृत्यु थियाे । त्यस घट्ना सेलाउन नपाउदै फेरि अर्काे घट्ना हुँदा स्थानीयवासीमा त्रास फैलिएको छ। लगातार दोहोरिएका घटनाप्रति पीडित पक्षले डिभिजन वन कार्यालय, प्रशासन र सम्बन्धित निकायको लापरवाही रहेको आरोप लगाएका छन् ।
वन क्षेत्रमा जोखिम बढ्दै जाँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था, चेतावनी बोर्ड र निगरानी नहुँदा यस्तो घटना दोहोरिएको स्थानीयको गुनासो छ ।
यस विषयतर्फ सम्बन्धित …
[08:47, 12/24/2025] Chandre 2: बर्दिया : असुरक्षा बीच हराउँदै गएको पर्यटन
बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व अब सामान्य समाचारको विषय मात्र रहेन, यो गम्भीर मानवीय संकटमा रूपान्तरण भइसकेको छ । बाघ तथा अन्य जंगली जनावरको आक्रमणबाट पटक–पटक नागरिकले ज्यान गुमाइरहँदा पनि सम्बन्धित निकाय र राज्य संयन्त्र अपेक्षित रूपमा गम्भीर देखिँदैनन् । यस अवस्थाले बर्दियाको सामाजिक, आर्थिक र पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर पारिरहेको छ ।
हालै स्वदेशी पर्यटकहरूको एउटा समूह चिसापानी (कैलाली) बाट टिकापुर हुँदै कोठियाघाटस्थित गेरुवा पुल अवलोकन गरी बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने उद्देश्यले ठाकुरद्वारामा बास बस्ने तयारीमा थियो । तर बर्दियामा बाघ आक्रमणका घटनाहरूको समाचार सुनेपछि उनीहरूले जिल्लामै बास बस्ने योजना रद्द गरी छिमेकी जिल्ला बाँके रोज्न बाध्य भए । यो घटना कुनै एक समूहको मात्र निर्णय होइन, बर्दियाप्रति बढ्दो असुरक्षाको प्रतिबिम्ब हो ।
पर्यटनको अपार सम्भावना बोकेको बर्दिया आज असुरक्षाको छायाँमा छ । जब स्थानीय नागरिक स्वयं सुरक्षित छैनन्, तब पर्यटकलाई सुरक्षित वातावरणको आश्वासन कसरी दिन सकिन्छ ? बारम्बार मानव क्षति भइरहँदा पनि दीर्घकालीन समाधानको स्पष्ट योजना नआउनु राज्यको उदासीनताको प्रमाण जस्तै देखिन्छ ।
विकास र पर्यटन प्रवर्द्धनका नारा भाषणमा सीमित छन् । तर जनताको ज्यान सुरक्षित नभएसम्म विकासका सबै दाबी खोक्रा सावित हुन्छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि वैज्ञानिक व्यवस्थापन, जोखिम क्षेत्रको पहिचान, स्थानीयको सक्रिय सहभागिता र पीडितलाई तत्काल राहत तथा न्याय सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो ।
अब प्रश्न उठ्छ—जनताको आवाज र दबाबले मात्र राज्यलाई गम्भीर बनाउँछ कि अझै कति ज्यानको मूल्य चुकाउनुपर्ने हो ? बर्दियालाई वेवास्ता गर्ने प्रवृत्ति तत्काल अन्त्य नभए पर्यटन मात्र होइन, राज्यप्रतिको जनविश्वास पनि क्रमशः क्षीण हुँदै जानेछ ।
बर्दिया सुरक्षित नबन्दा पर्यटन फस्टाउँदैन र जनताको ज्यान सुरक्षित नभएसम्म विकासका कुनै पनि भाषणमा विश्वसनीय हुँदैनन् । यसतर्फ सरकारको ध्यान जान आवश्यक देखिन्छ।
